यो हप्ता बिदेशको कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतक संख्या ३ सय ३३ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २५, आईतबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ २५, काठमाण्डौ । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट यो साता विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)काअनुसार यो साता बेलायतमा दुई जना र अल्जेरियामा एक जनाको मृत्यु भएको हो। योसहित २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या तीन सय ३३ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाकाअनुसार विभिन्न ५० देशमा ५८ हजार आठ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ५६ हजार दुई सय ४७ जना कोरोना मुक्त भएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस