बुटवल-नारायणगढ सडक विस्तार तिब्र रुपमा अगाडी बढ्दै

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ फागुन १३, बिहिबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुण १३, नवलपरासी । दुई वर्ष पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका बुटवल नारायणगढ सडक विस्तारको कामले पुन तीव्रता पाएको छ । कोविड १९ को संक्रमणका कारण गत चैतदेखि बन्दाबन्दी शुरु भएपछि बुटवल नारायणगढ सडक खण्डको निर्माणकार्य रोकिएको थियो । बन्दाबन्दी र बर्सातका कारणले पछिल्लो सात महिनासम्म रोकिएको कामले पुनः तीव्रता पाएको नारायण बुटवल सडक आयोजना पश्चिम खण्डका सूचना अधिकृत इन्जीनियर युवराज पाण्डेले बताए ।

गत चैतमा भएको बन्दाबन्दीपछि सडक विस्तार कार्य सात महिनासम्म बन्द रही रहेको अवश्थामा मौसम सुध्रिएपछि बुटवल नारायणगढ सडक पश्चिम खण्डको निर्मण कार्यले तिब्रता पाएको छ । सडक निर्माणको कामले पुनः निरन्तरता पाएसँगै देवदहको घाडाहा पुल, भलुहीको ५ नम्बर पुल, र सुनवल ७ को ज्यामिरे पुलको निर्माण भई रहेको आयोजनाका इन्जीनियर पाण्डेले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस