निवर्तमान कप्तान लामिछानेविरुद्ध आगामी सोमबार म्याद थप गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ आश्विन २३, आईतबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

 

असोज २३, काठमाण्डौ । बालिका जबर्जस्ती करणी अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीले आगामी सोमबार म्याद थप गर्ने तयारी गरेको छ । त्यसलगत्तै प्रहरीले उनीसँग बयान लिनेछ र अनुसन्धानका बाँकी पक्षमा प्रहरी लाग्नेछ ।

सन्दीपले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसयता उनलाई प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा राखिएको छ । दसैँ बिदाका कारण उनीविरुद्ध प्रहरीले म्याद थप गर्न सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले २१ असोजबाट लागू हुने गरी सन्दीपविरुद्ध अदालतबाट म्याद थप गरिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस