सन्दीपलाई थप ४ दिन हिरासतमा राख्ने अनुमति !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक २, बुधबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

कार्तिक २,काठमाडौ । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि अदालतले थप ४ दिनको समय दिएको छ । अदालतको अनुमतिपछि प्रहरीले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ ।

प्रहरीले सन्दीपविरुद्ध अनुसन्धान जारी रहेको भन्दै पुन ७ दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरेको थियो। तर, अदालतले भने ४ दिनको समय दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस