आज कोरोना संक्रमितको संख्या शून्य, सक्रिय संक्रमित कति छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन २६, शुक्रबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २६, काठमाण्डौँ । शुक्रबार देशभर कोरोना संक्रमण संख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा ५१८जनाको नमूना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १११ जनाको पीसीआर र ४०७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार देशभर ५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस