भुकम्प पीडितका लागि लाइन्स क्लब अफ काठमाण्डौ हाइभिजन द्वारा राहत वितरण

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० कार्तिक २३, बिहिबार (१ साल अघि)
  • ५६ पटक पढिएको
Post Thumbnail

कार्तिक २३ काठमाडौँ । भूकम्प पीडितको लागि लाइन्स क्लब अफ काठमाण्डौ हाइभिजनले जाडोमा न्यानो कपडा उपलब्ध गराउने उदेश्यले पिडितहरुको लागि ज्याकेट उपलब्ध गराएको छ। क्लबले गत मंगलबार जाजरकोटमै पुगेर ज्याकेट वितरण गरेको हो। राहत वितरणका लागि क्लबका अध्यक्ष प्रलाद खकुरेल सहितको टोलि जाजरकोट पुगेको थियो। क्लबले विभिन्न कार्यक्रम मार्फत सामाजिक कार्य गर्दै आइरहेको, आगामी दिनमा पनि सामाजिक कार्य गर्दै जाने क्लबको कार्यक्रम रहेको र फेरी छिट्टै राहत सामग्री लिएर जाने योजना रहेको खकुरेलले बताए। शुक्रबार रातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस