श्रेष्ठद्वारा न्यानो सिरक वितरण

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० मंसिर १८, सोमबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाडौँ । राष्ट्रिय संगीतकर्मी संघ काठमाडौँका अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठको जन्मदिनको अवसरमा न्यानो सिरक वितरण सम्पन्न भएको छ।

सोमबार तारकेश्वर ३ ठुलागाउँस्थित मातृ नेपाल बाल गृहका बालबालिकाहरुका लागि न्यानो सिरक वितरण तथा भोजन कार्यक्रम सम्पन्न भएको हो। श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा बाल गृहमा रहेका ४५ जना बालबालिकाहरुलाई जाडोमा न्यानो सिरकको साथै बिहानको पूर्ण भोजन गराएर आफ्नो जन्मदिन मनाएको राष्ट्रिय संगीतकर्मी संघका प्रवक्ता दिपिका खड्काले जानकारी दिईन। उक्त कार्यक्रममा बोल्दै श्रेष्ठले जन्मदिनमा यसरी समाजसेवा गर्दा मन आनन्द हुने र यसरी नै सबैले जन्मदिन मनाउने परिपाटीको विकाश गरे सामाजिक मर्यादा अझ बढेर जाने बताए।

साथै यस्तै सामाजिक मन भएकाहरुले गर्दा नै आफुले संस्था टिकाउन सकेको मातृ नेपाल बाल गृहका संचालक तथा अध्यक्ष नरबहादुर राउतले बताए। ।कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ काठमाडौँका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस