न्यायाधीश भुवन गिरीकी पत्नीद्धारा सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २९, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष २९, काठमाडौँ । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास गरेकी छिन् । आइतबार दिउँसो उनले शरीरमा आगो सल्काएर आत्मदाहको प्रयास गरेकी हुन् । आत्मदाह गर्नेक्रममा उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिईन् । ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएर भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोलरमट्टितेल खन्यार आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस