त्रिशूलीमा खसेको जीप निकालियो, जीपका चालक वा यात्रु भेटिएनन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २, मंगलबार (१ साल अघि)
  • २७ पटक पढिएको
त्रिशूलीमा खसेको जीप निकालियो, जीपका चालक वा यात्रु भेटिएनन्

माघ २, चितवन । मंगलबार बिहानै त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेको छ । प्रहरीका अनुसार बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो ।

त्यसपछि परिचालित गोताखोरको टोलीले नदीबाट जीप निकालेको छ । चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको हो ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस