बिर्तामोडको वेल्स मोडल स्कुलमा विस्फोट, १ जना गम्भीर घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २, मंगलबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ ३, झापा । बिर्तामोड नगरपालिकाको वडा नम्बर– ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

स्कुलले आज आयोजना गरेका खेलकुद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएको हाइड्रोजन ग्यास भरिएको सो सिलिन्डर विस्फोट हुँदा अन्दाजी ५० वर्षका भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचारको लागि विएण्सी मेडिकल कलेज पठाइएको छ ।

घाइतेको अवस्था चिन्ताजनक रहेको सो वडाका वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो । वडाअध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग क्षतबिक्षत् अवस्थामा छ । विस्फोटबाट उनको खुट्टा चुँडिएर झरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस