माघ २, काठमाण्डौँ । धादिङमा हत्याको कसुरमा जन्मकैद सुनाइएका फरार व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका १ का सुर्य बहादुर दवाडी रहेका छन् ।
उनी भारतमा लुकी छिपी बसेको र हाल नेपालमा आउँदै गरेको भन्ने खबरको आधारमा केन्द्रीय अनुसन्धानको टोलीले सोमबार रूपन्देही, सिद्धार्थनगर नगरपालिका वडा १, बेलहियाबाट पक्राउ गरेको हो ।
उनले अंश सम्बन्धी विषयमा झगडा भई श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसि रुखमा झुण्डाई हत्या गरी मृतक शवलाई बुढी गण्डकीको दोभानमा लगि जलाई सतगद गरेको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।