जनकपुरबाट अयोध्या जाने भनिएको विशेष रेल सेवा रद्द, अनुमति नदिएको दावी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ७, आईतबार (१ साल अघि)
  • २५ पटक पढिएको
जनकपुरबाट अयोध्या जाने भनिएको विशेष रेल सेवा रद्द, अनुमति नदिएको दावी

माघ ७, जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द भएको हो ।

शनिबार बिहान नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको जानकारी दिएका थिए । उनका अनुसार शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको थियो । उक्त रेल आज बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने कार्यक्रम थियो ।

तर शनिबार साँझ रेल्वे कम्पनीले भारत सरकारले अनुमति नदिएकाले विशेष रेल सेवा रद्द भएको जानकारी गराएको छ । जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले भारतले अनुमति नदिँदा अयोध्या जाने रेल सेवा रद्द गरिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस