त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ७, आईतबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाडौँ । त्रिभुवन विमानस्थलबाट झण्डै आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।

हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो । अहिले विमानस्थल भन्सार सुरक्षार्थ एपीएफको टोली परिचालन गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस