जन्ती बोकेको जीप तनहुँमा दुर्घटना : २ जनाको मृत्यु, १६ घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ७, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
जन्ती बोकेको जीप तनहुँमा दुर्घटना : २ जनाको मृत्यु, १६ घाइते

फागुन ७, काठमाण्डौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप आइतबार राति साढे १२ बजे दुर्घटनाग्रस्त बनेको हो ।

दुर्घटनामा तनहुँ, आँबुखैरेनी–६ छापस्वाँराका ७२ वर्षीय आशवीर गुरूङ र ब्यास नगरपालिका–९ गजौडेका १७ वर्षीया तुलसी गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डिएसपी मोहनबहादुर खाँडका अनुसार आशवीरको घटनास्थलमै र तुलशीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा सोमबार बिहान ३ः४० बजे मृत्यु भएको हो ।

आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस