नारायणगढ मुग्लिन सडक खण्डको पहाड काट्ने काम अन्तिम अबस्थामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ७, सोमबार (१ साल अघि)
  • २३ पटक पढिएको
नारायणगढ मुग्लिन सडक खण्डको पहाड काट्ने काम अन्तिम अबस्थामा

फागुन ७, चितवन । चितवनको नारायणगढ मुग्लिन सडक खण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । उक्त सडक खण्डमा १२ बजे देखि ४ बजे सम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ । नारायणगढ मुग्लिन सडक खण्डको तुईन खोलामा पुल निर्माणको लागि अप्रोज बनाउन पहाड काट्ने काम भइरहेको छ ।

उक्त खण्डमा करिब ६० मिटर पहाड रहेकोमा गत आर्थिक वर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटर मध्ये २७ मिटर पहाड काटी सकेको इन्जिनियर कृष्ण प्रसाद आचार्यले जानकारी दिए । उक्त सडक खण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भइसकेको र अब एउटा पुल बनाउन बाँकी रहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस