बाजुराको माथिल्लो भेगमा वर्षासँगै हिमपात, किसानमा खुसियाली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ८, मंगलबार (१ साल अघि)
  • २६ पटक पढिएको
बाजुराको माथिल्लो भेगमा वर्षासँगै हिमपात, किसानमा खुसियाली

फागुन ८, काठमाण्डौँ । बाजुराको माथिल्लो भेगमा छ महिनापछि वर्षासँगै हिमपात भएको छ । पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ ।

यस्तै, जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा पनि हिमपात भएको छ । माथिल्लो भेगमा वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् ।

हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कमल रावलले बताउनुभयो । बेँसीतिर पानी पर्दा भने अत्यधिक मात्रामा जाडो बढेको छ । गएरातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस