फागुन ९, काठमाडौँ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालले सहभागिता जनाउन थालेको ६५ वर्षपछि शान्ति सैनिक पठाउने मुलुकमा नेपाल पहिलो बनेको छ ।
केही दिन अघि यूएन पिसकिपिङ वेबसाइटले दिएको जानकारी अनुसार शान्ति मिसनमा सैनिक पठाउने मुलुकमा नेपाल पहिलो बनेको उल्लेख गरिएको छ । सन् २०२३ को नोभेम्बर ३० बाट शान्ति मिसनमा नेपाली सैनिकहरु अन्य मुलुकका भन्दा बढी रहेका छन् ।