सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८१ बैशाख ४, मंगलबार (१ साल अघि)
  • ४३ पटक पढिएको
सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु

|sf7df8f}F, @& r}t . jiff{ / ;xsfnsf b]jtf >L cfof{jnf]ls6]Zj/ -;]tf] dlR5G›gfy_sf] hfqfsf] bf];|f] lbg cfOtaf/ c;gaf6 tfg]/ xg'dfg9f]sf k'¥ofpg] tof/L ub}{ . zlgaf/ tLgwf/f kf7zfnfaf6 c;g k'¥ofPsf] lyof] . t:jL/ M /Tg >]i7, /f;;

बैशाख ४,काठमाडौँ । वर्षा र सहकालका देवताका रूपमा पुजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट शुरु हुने यो यात्रा लगनटोलमा गएर टुङ्गिन्छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन अपराह्न केलटोलमा रहेको जनबहालबाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालानिर अग्लो रथ बनाइएको स्थानमा पुर्‍याइन्छ । त्यहाँबाट सेतो मच्छिन्द्रनाथलाई विधि पुर्‍याएर खटबाट निकालेर ३२ हात अग्लो रथमा राखी तानेर रथयात्रा शुरु गरिन्छ ।

आज पहिलो दिन घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोका, तेस्रो दिन लगनटोल पुर्‍याइन्छ । लगनटोलमा रहेको सेतो मच्छिन्द्रनाथकी आमाको मन्दिरमा तीन पटक परिक्रमा गरिएपछि यो रथयात्रा समापन हुनेछ । हरेक वर्ष यो जात्रा गरेपछि वर्षा र सहकाल शुरु हुने धार्मिक विश्वास छ ।

ताजा अपडेट

खोजी गर्नुहोस