आजको मौसम:पहाडी क्षेत्रमा वर्षा हुने,तराईमा हावाहुरीको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ६, बिहिबार (१ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

बैशाख ६,काठमाडौँ । आज पनि देशका केही भू-भागमा मौसम आंशिक बदली भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको पहाडी भागका थोरै स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागको एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा वर्षासहित हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस