करेन्ट लागेर एकैदिन चार जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ बैशाख ३१, सोमबार (१ साल अघि)
  • १३२ पटक पढिएको
करेन्ट लागेर एकैदिन चार जनाको मृत्यु

बैशाख ३१,काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ ।

प्युठान, नौबहिनी गाउँपालिका-६ निउरा बस्ने २८ वर्षीय सन्तोष दमाइको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेत जोत्ने क्रममा बिजुलीको पोललाई अड्याउनको लागि गाडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरी, लोहारपट्टी नगरपालिका-४ बस्ने विमल कापरको छोरा ७ वर्षीय आशिक कापरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित विवाहको लागि तयार गरिएको साउण्ड सिस्टमको माइकमा बोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

झापा, कनकाई नगरपालिका-२ बस्ने २३ वर्षीया मिना श्रेष्ठको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङ, घोराही उपमहानगरपालिका-३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा करेन्ट लागेर प्युठान माण्डबी गाउँपालिका-२ तिराम बस्ने २४ वर्षीय श्याम नेपालीको आइतबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस