दुर्घटना

कालिकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १०, बिहिबार (३ हप्ता अघि)
  • ६५ पटक पढिएको
कालिकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते

जेठ १०, कालिकोट । कालिकोटमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटनामा परेको हो ।

प्रहरीकाअनुसार उक्त दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते हुनेहरू सबै शुभकालिकाकै हुन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जिपमा सडकबाट तल खोलामा खसेको छ ।

घाइतेको अवस्था भने निकै गम्भीर रहेको बताइएको छ । घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

#दुर्घटना

ताजा अपडेट

खोजी गर्नुहोस