सगरमाथा

बिना अक्सिजन सगरमाथा आरोहणमा गएका केन्याका ४० वर्षीय नागरिकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १०, बिहिबार (३ हप्ता अघि)
  • ४८ पटक पढिएको
बिना अक्सिजन सगरमाथा आरोहणमा गएका केन्याका ४० वर्षीय नागरिकको मृत्यु

जेठ १०, काठमाडौँ । सगरमाथा आरोहणका क्रममा केन्याका एक ४० वर्षीय नागरिकको मृत्यु भएको छ । जेठ ९ गते राति साढे १० बजे ८,८३० मिटरमा केन्याका जोसु चेरुइयुत किरुई मृत फेला परेको पर्यटन विभागले जनाएको छ ।

उनीसँगै रहेका नेपाली माउन्टेन गाइड लिखु पिके गाउँपालिकाका ४४ वर्षीय ङवाङ शेर्पा सम्पर्कविहीन छन् । उनले ५ गते आधार शिविरबाट आरोहण सुरु गरेका थिए । जेठ ९ गते चौथो शिविर हुँदै सगरमाथा चुचुरोतर्फ लागेका थिए ।

आरोही र गाइड चुचुरो नजिकै पुगे पनि आरोहण सम्पन्न गरे÷नगरेको एकीन नभएको विभागले जनाएको छ । बुधबार दिउँसो २ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएकाले सेभेन समिटले ४ माउन्टेन गाइड परिचालन गरी क्याम्प २ भन्दा माथि सर्च एन्ड रेस्क्यु टिम परिचालन गरेको थियो । शेर्पाको अवस्था भने अज्ञात रहेको र खोज तथा उद्धार जारी रहेको विभागले जनाएको छ ।

#सगरमाथा

ताजा अपडेट

खोजी गर्नुहोस