मौसम पूर्वानुमान

आजको मौसम : तराईमा तातो हावा, मध्यपहाडमा वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ११, शुक्रबार (३ हप्ता अघि)
  • ९१ पटक पढिएको
आजको मौसम : तराईमा तातो हावा, मध्यपहाडमा वर्षाको सम्भावना

जेठ ११, काठमाडौँ । आज तराईका विभिन्न जिल्लाहरुमा तातो हावा चल्न सक्ने देखिएको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार अहिले बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

#मौसम पूर्वानुमान

ताजा अपडेट

खोजी गर्नुहोस