चार जना डीएसपी एसपीमा बढुवा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ जेष्ठ १९, शनिबार (१ साल अघि)
  • १०३ पटक पढिएको
चार जना डीएसपी एसपीमा बढुवा

जेठ १९,काठमाडौँ । नेपाल प्रहरीमा जनपद तर्फका चार जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शुक्रबार राति चार डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

सिफारिसको पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री रहेका छन् । यसअघिको बढुवा सिफारिसमा वरीयतामा अगाडी रहे पनि उनी छुटेका थिए । बढुवा सिफारिसमा पर्ने अन्यमा नारायण रंजितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस