भ्रष्टाचारको उजुरी

कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए अख्तियारमा भ्रष्टाचारको उजुरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २९, मंगलबार (९ महिना अघि)
  • ७६ पटक पढिएको
कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए अख्तियारमा भ्रष्टाचारको उजुरी

साउन २९, काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । खरेलले प्राधिकरणमा बसेर कुलमानले भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका हुन् ।

‘एन्टिकरप्सन नेटवर्क’ को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको खरेलले बताएका छन् । उनले आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी पीपीए गरेको उल्लेख गरेका छन् । ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

# भ्रष्टाचारको उजुरी

ताजा अपडेट

खोजी गर्नुहोस