पत्रकार महासंघ

पत्रकार महासंघको कार्यबाहक अध्यक्ष विष्टद्वारा राजिनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ४, शुक्रबार (८ महिना अघि)
  • १०७ पटक पढिएको
पत्रकार महासंघको कार्यबाहक अध्यक्ष विष्टद्वारा राजिनामा

असोज ४, काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले पनि पदबाट राजिनामा दिएका छन् । विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै शुक्रबार पदबाट राजिनामा दिएका हुन् ।

यसअघि निवर्तमान अध्यक्ष विपुल पोखरेलले पनि गत भदौ २४ गते निर्वाचनको मुखमै पदबाट राजिनामा दिएका थिए । महासंघको निर्वाचन समितिले प्रकाशन गरेको पछिल्लो कार्यतालिका अनुसार आज शुक्रबारदेखि मनोनयन दर्ता गर्नुपर्ने थियो । तर सदस्यता विवाद समाधान हुन नसकेपछि कार्यबाहक अध्यक्ष विष्टले पनि आज राजिनामा पेश गरेका हुन् ।

# पत्रकार महासंघ

ताजा अपडेट

खोजी गर्नुहोस