छविलाल जोशीलाई लगियो अदालत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ७, सोमबार (७ महिना अघि)
  • ४५ पटक पढिएको
छविलाल जोशीलाई लगियो अदालत

असोज ७, काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । आइतबार काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका उनलाई सोमबार म्याद थप गर्न अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिए ।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो । विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत आएको ठहर समितिको थियो । समितिले जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस