दुर्गा प्रसाईकोे रिट भावी प्रधानन्यायाधीश राउतको इजलासमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ८, मंगलबार (७ महिना अघि)
  • ५९ पटक पढिएको
दुर्गा प्रसाईकोे रिट भावी प्रधानन्यायाधीश राउतको इजलासमा

असोज ८, काठमाण्डौँ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुँदैछ । आज (मंगलबार) का लागि पेसी तोकिएको यो रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।

प्रसाईंका छोरा निराज प्रसाईंले सोमबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । प्रसाईंलाई आइतबार उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद थप गरेर हिरासतमा राख्ने अनुमति दिएको थियो ।
प्रसाईंलाई पक्राउ गरेको विरोधमा समर्थकहरूले काठमाडौँ, झापा लगायतका ठाउँमा विरोध प्रदर्शन पनि गरेका छन् ।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए । सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस