दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश, समर्थकको माइतीघरमा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ८, मंगलबार (७ महिना अघि)
  • ६८ पटक पढिएको
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश, समर्थकको माइतीघरमा प्रदर्शन

असोज ८, काठमाडौँ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले गत आइतबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले आइतबार नै उनीमाथि अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । पक्राउ परेकै दिन वीर अस्पताल भर्ना भएका प्रसाईलाई साइबर ब्युरोले सोमबार अस्पतालबाट लगेर बयान लिएको थियो । प्रसाईं अहिले अस्वस्थ रहेको भन्दै अस्पतालमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस