कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २, शुक्रबार (७ महिना अघि)
  • ५५ पटक पढिएको
कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

कार्तिक २, मकवानपुर । कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।
इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताए ।

दुवै सडकको वैकल्पिक मार्ग हेटौंडा-भैंसे-पालुङ-काठमाडौं र कान्तिलोकपथ-हेटौंडा-ठिङ्गन-काठमाडौं प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस