कोपा अमेरिका फुटबल : पेरुलाई हराउदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ ८, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार ८,काठमाडौँ । कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरे ।

समूह चरणको तीन खेलमा ब्राजिलले दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनाएर समूह विजेता हुँदै अन्तिम ८ मा पुगेको हो ।

त्यस्तै, यसै समूहबाट भेनेजुएलाले बोलिभियालाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ । भेनेजुएलाले बोलिभियालाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस