सन्दीपले गरे रंगशाला निर्माणका लागि सहयोग

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन १०, शनिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने चितवनको भरतपुरमा निर्माणाधीन रंगशालाको निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई १ लाख ४१ हजार ५ सय ६७ रुपैयाँ हस्तान्तरण गरेका छन् । उनले गत महिना कीर्तिपुरमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग २ मा आफूले लिने हरेक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ दिने घोषणा गरेका थिए ।

सन्दीपले ८ विकेटको ७० हजार ७ सय ८४ रुपैयाँ धुर्मुस सुन्तलीलाई हस्तान्तरण गर्ने भएपछि त्यति नै रकम उनको विदेशी व्यवस्थापन हेर्दै आएका साया कर्पोरेसनका तल्हा आइसामले पनि थपेका थिए ।

सन्दीपले दुवैको जोडेर कुल १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ फाउन्डेसनलाई प्रदान गरेको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । सन्दीपले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुन्जना घिमिरे सुन्तली लाई बिहीबार उक्त रकम हस्तान्तरण गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस