दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिता एपीएफ क्लवलाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन १०, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, काठमाण्डौ । चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लवले प्राप्त गरेको छ । पर्वतको कुश्मामा शनिबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफले नेपाल पुलिस क्लवलाई ३–१ को सेटमा पराजित गर्दै लगातार चौथो पटक उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले १ लाख रुपैयाँ पाएको छ ।

पुलिसले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारे पनि एपीएफले उत्कृष्ट पुनरागमन गर्दै नजिता निकालेको हो । एपीएफले पुलिसलाई १५–२५, २५–१८, २५–२१, २५–१२ ले पाखा लगायो । वर्षाका कारण शुक्रबार स्थगित भएका दुवै खेल आज खेलाइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस