सहिद स्मार ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियनको विजयी सुरुआत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन ११, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण ११, काठमाडौं । सहिद स्मार ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले विजयी सुरुवात गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा श्री कुमारी क्लबलाई २–० गोल अन्तरले हराएको हो । ब्वाइजलाई जित दिलाउन वर्तमान राई र प्रदीप बोगटीले एक–एक गोल गरे ।

खेलको ३९ औँ मिनेटमा वर्तमानले गोल गर्दै ब्वाइजलाई अग्रता दिलाएका थिए । ७६ औँ मिनेटमा प्रदीपले गोल गर्दै ब्वाइजलाई २–० को जित दिलाए । जितसँगै ब्वाइजले पहिलो खेलमा महत्त्वपूर्ण ३ अंक जोडेको छ । श्री कुमारीले भने पहिलो खेलमा नै पराजय भोग्नु परेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस