सरस्वती र कुललाई अवार्ड

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन १३, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण १३, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल एपीएफ क्लबकी महŒवपूर्ण सदस्य सरस्वती चौधरी र नेपाल तथा नेपाल पुलिस क्लबका कुलबहादुर थापाले मनोरञ्जन रमण शर्मा अवार्ड हात पारेका छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले स्थापना गरेको अवार्डमा महिलातर्फ सरस्वती र पुरुषतर्फ कुलबहादुर थापाले यो अवार्ड जित्न सफल भएका हुन् ।

यी दुई खेलाडीले गत २५ मागमा नेपाल भलिबल संघले बर्सेनि आयोजना गर्ने एनभीए अवार्डसमेत जितेका थिए । त्यसको तीन सातापछि नै यी दुई खेलाडीले पुनः अवार्ड जित्न सफल भएका हुन् । अवार्डसँगै दुवैले समान ३५–३५ हजार रुपैयाँ हात पारे ।

अध्यक्ष शर्माले खेलाडीलाई अवार्ड र नगद पुरस्कार नगद प्रदान गरेका थिए । चोटको कारण सरस्वती भने कार्यक्रममा उपस्थित भइनन् । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएपछि अध्यक्ष शर्माले १० लाखको अक्षयकोष स्थापना गरेका थिए । त्यस अक्षयकोषबाट आएको ब्याज रकमलाई शर्माले अवार्डको नाममा एक पुरुष र एक महिला खेलाडीलाई प्रदान गर्दै आइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस