चैत्र ७, धुनिबेशी । धुनिबेशी नगरपालिकाले अल्ट्रा रनर रशिला तामाङलाई सम्मान गरेको छ । धादिङ धुनिबशीनगरपालिकाले चीनको कुनमिङमा माउन्टेन क्रसिङ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल रशिला तामाङलाई सम्मान गरेको हो । धुनिवेशी नगरपालिका वडा नम्बर २ निबासी रशिला तामाङलाई नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले सम्मान गरेका हुन् ।
२०७६ साल पौष ५ र ६ गते चीनको कुनमिङमा सम्पन्न ५० कि.मि माउन्टेन क्रसिङ प्रतियोगितामा प्रथम स्थानमा पर्न सफल रशिला तामाङलाई नगरपालिकाले नगद रु २५ हजारसहित सम्मान गरेको नगरप्रमुख बालकृष्ण आचार्यले बताए । अन्तराष्ट्रियस्तरमा पनि उत्कृष्ट स्थान हासिल गरेर धुनिबेशि तथा सिङ्गो देशको नाम राख्न सफल भएको भन्दै धुनिबेशीनगरपालिका प्रमुख बालकृष्ण आचार्यले शुभकामना दिए ।