असोज १३, काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा ललितपुर प्याट्रियटर्स र पोखरा राइनोजबीचको खेल ढिलो गरी सुरु भएको छ । त्रिवि मैदान भिजेकाले खेल निर्धारित समय भन्दा झण्डै दुई घण्टा ढिलो सुरु भएको हो ।
ढिलो गरी सुरु भएकाले ७/७ ओभरमा खेल घटाइएको छ । टस जितेर पोखराले फिल्डिङ रोजे पछि अहिले ललितपुरले ब्याटिङ गरिरहेको छ । यस्तै,आज दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स खेल्ने छन् ।
पोखरा राइनोजसँग अंक बाँडेको भैरहवाको एक अंक छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।