ए डिभिजन लिग: मछिन्द्रले २ खेल अगाडी नै उपाधि चुम्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन ४, बुधबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुन ४, काठमाडौ । साविक विजेता मछिन्द्र एफसीले दुई खेल अगावै शहीद स्मारक ए डिभिजन लिग २०७८ को उपाधि जितेको छ । ११औं खेलमा सातदोबाटो युथ क्लबलाई पराजित गर्दै दोस्रो पटक ए डिभिजनको लिगको उपाधि आफ्नो नाममा बनाएको हो ।

बुधबार नवप्रवेशी सातदोबाटोलाई पराजित गरेपछि मछिन्द्रको उपाधि रक्षा गर्न सफल भएको हो । जरवैजानी खेलाडी नुर्लान नोभ्रुजोभको निर्णायक गोलमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै दुई खेल अगावै लिगको उपाधि जितेको छ । ११औं चरणमै उपाधि जित्ने क्रममा मछिन्द्रले ९ खेल जित्यो भने दुई खेल बराबरी खेल्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस