फागुन ७, काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत अन्तरगत फिलिपिन्समाथि नेपालले शानदार जित निकालेको छ ।
कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको शानदार साझेदारी र बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले १३६ रनको जित निकालेको हो । जारी प्रतियोगितमा नेपाल लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।
नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटियो । यसअघि कुशल भूर्तेलको शतक तथा दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रनको योगफल खडा गर्यो ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन । दोस्रो ओभरमा नै आशिफ शेख शून्य रनमा आउट भए । पाँचौँ ओभरमा कुशल मल्ल पनि १२ रनमै आउट भए । त्यसपछि भने कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले विशाल योगफल खडा गर्यो ।