नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन १३, शुक्रबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

फागुन १३,काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । ओमानमा भएको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोली आज बेलुका स्वदेश फर्कन लागेको हो । नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली टोली आज बेलुका साढे पाँच बजे नेपाल आइपुग्ने जनाएको छ ।

विश्व कपमा पुग्न असफल नेपाल छनोटमा तेस्रो भएको छ । हिजो तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराएको थियो । सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपाल यसैवर्ष अष्ट्रेलियामा हुने टी–२० विश्व कपमा पुग्न असफल भयो । आयरल्यान्ड र यूएई विश्व कपमा पुगेका छन् ।

छनोटको उपाधि आयरल्यान्डलाई हराउँदै यूएईले जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस