खप्तड गोल्डकप फुटबल: आज फ्रेन्ड्स र क्यामरुनको एभेनिरको भिडन्त

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन २२, आईतबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

फागुन २२,काठमाडौँ । सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एउटा खेल हुँदैछ ।

धनगढी रङ्गशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र क्यामरुनको एभेनिर फुटबल क्लब खेल्दैछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सुदूरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीले आयोजना गरेको सर्वाधिक राशिको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस