खप्तड गोल्डकप: वाग्मती युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन २६, बिहिबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुन २६,काठमाडौँ । सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । धनगढी रंगशालामा हुने खेलमा वाग्मती युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

खेल दिउँसो चार बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोलले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस