मनाङ मर्स्याङ्दीलाई खप्तड गोल्डकप फुटबलको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन २८, शनिबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुन २८,काठमाडौँ । खप्तड गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । आज कैलालीको धनगढीमा भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्न सफल भएको हो ।

मनाङको यो सिजनको भने पहिलो उपाधि हो । मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एकर एक गोल गरे ।

फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोइसले एक गोल फर्काए । उपाधिसँगै मनाङले २१ लाख रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

मनाङ सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने फ्रेन्ड्स वाग्मती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस