आईसीसी विश्वकप लिग-२: युएईसँग ४८ रनले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र ४, शुक्रबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

चैत्र ४,काठमाडौँ । आईसीसी विश्वकप लिग-२ मा नेपालले युएईसँग ४८ रनको हार ब्यहोरेको छ । १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो ।

दुवई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले फिल्डिङ गरेको नेपालको बलिङ प्रदर्शन उत्कृष्ट थियो । थोरै लक्ष्यमा पनि नेपाली ब्याटरहरुले संयमित प्रदर्शन गर्न सकेनन् ।

ब्याटिङतर्फ नेपालले ५ ओभरभित्र दुवै ओपनर गुमाइसकेको थियो । युएईका जुनियाद सिद्धकीले पाँचौं ओभरको पहिलो र चौथो बलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखलाई क्रमसः ११ र ७ रनमा आउट गरेका थिए । चौथो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले पनि ४ रनमा रनआउटको शिकार बने ।

चौथो विकेटका लागि ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले ५५ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयास गरेका थिए । ६२ बल खेलेर १ चौका प्रहार गरेका ज्ञानेन्द्र २८ रनको स्कोरमा आउट हुँदा नेपाल २३ ओभरमा ८२–४ को स्थितिमा पुग्यो ।

बलिङमा नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । यस्तै किफायती बलिङ गरेका करण केसीले ७।३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए ।

कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चिएर १ विकेट लिए । दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । सागरले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस