आईसीसी विश्वकप क्रिकेट लिग टु: नेपाल यूएईसँग ९९ रनले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र ७, सोमबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र ७,काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टुमा अन्तर्गतको खेलमा नेपाल आयोजक यूएईसँग ९९ रनले पराजित भएको छ । युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३५.१ ओभरमै अलआउट हुँदै १०३ रनमा समेटियो । दुबई क्रिकेट रंगशालामा नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान दिए । त्यस्तै आरिफ शेख र सोमपाल कामीले १५–१५ रन बनाउँदा बिनोद भण्डारीले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोडेका थिए । यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे भने ओपनर मुहम्मद रिजवानले ३३ रन जोडे । त्यस्तै चिराग सुरीले २६ रन बनाउदा भृत्या अरविन्दले २४ रन जोडे । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए ।

त्यस्तै करण केसी र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे । त्यस्तै आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए । यूएईसँगको पहिलो खेलमा पनि ४८ रनले पराजित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस