साफ यू–१८ः नेपाल बंगलादेशसँग भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र ९, बुधबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

चैत ९, काठमाडौँ । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल आज बंगलादेशसँग खेल्दैछ । जमसेदपुरमा नेपाल र बंगलादेशबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

आज बलियो टोली बंगलादेशलाई हराउँदै नेपाल पहिलो जितका साथै हारको बदला लिने लक्ष्यसहित मैदान उत्रदैछ । च्याम्पियनसिपको पहिलो भेटमा नेपाल बंगलादेशसँग ४(२ गोल अन्तरले पराजित भएको थियो ।

तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । ३ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ ।

च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस