सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर बने सन्दीप लामिछाने !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र १२, शनिबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

चैत्र १२,काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।

साथै उनी सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर बनेका छन् । सन्दीपले पपुवा न्युगिनी पीएनजीसँगको दोस्रो एकदिवसीयमा १३ औं ओभरको पहिलो बलमा चार्ल्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गरेका हुन् ।

सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका छन् । एकदिवसीयमा सर्वाधिक छिटो ५० विकेट लिने किर्तिमान श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा ५० विकेट लिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस