एसिया कप क्रिकेटमा भारतको विजयी सुरुवात, पाकिस्तान ५ विकेटले हार्‍यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र १३, सोमबार (२ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

भाद्र १३,काठमाडौँ । एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । यूएईको दुबईमा हिजो भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५र३५ रन बनाए ।

यस्तै हार्दिक पाण्डेयले अविजित रहँदै ३३ रन बनाए । पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाए । भारत एसिया कप क्रिकेटको सात पटकको च्याम्पियन हो भने पाकिस्तानले दुई पटक उपाधि जितेको छ । प्रतियोगितामा ६ टोली सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस