भाद्र १९,धादिङ । धुनिबेसी २ कि अल्ट्रा म्याराथन धाविका रसिला तामाङ स्विजरल्यान्डमा सम्पन्न लोकप्रिय अल्ट्रा टुर मोन्टे रोसा (यूटीएमआर) को मिसाबेल १०० किलोमिटर म्याराथन दौडमा प्रथम भएकी छिन् । रशिला महिला तर्फको युटीएमआर रेसमा प्रथम भएर स्वर्ण पदकको उपाधी जितेकी हुन् ।
३१ अगस्तदेखि ३ सेप्टेम्बरसम्म स्वीट्जरल्यान्ड भएको यस प्रतियोगितामा भोजपुरकी अनिता राई रेसमा तेस्रो भएकी छिन् । यस्तै पुरुष तर्फ नेपालकै भिम बहादुर गुरुङ दोस्रो भएका छन् ।
यसअघि विभिन्न प्रतियोगितामा विजेता तामाङले स्विजरल्यान्डमा सम्पन्न टीएमआरमा पनि प्रथम भएकी हुन् । उनी पछिल्लो समय नेपाली महिला धाविकाको रुपमा विभिन्न देशमा भएको म्याराथनमा सहभागी हुँदै आएकी छिन् ।
उनलाई केहि समयअघि मात्रै धुनिवेशी नगरपालिकाले नगदसहित सम्मान गरेको थियो । नेपालको विभिन्न स्थानमा हाइकिङ समेत गर्न मनपराउने उनले केही समयअघि डोल्पो यात्रा सकेकी थिइन् ।
तामाङले आफुलाई एक सफल धावकको रुपमा स्थापित गर्न निरन्तर लागिरहेको बताउदै आएकी छिन् ।