जेठ २०, काठमाडौं । नेपालले आइसीसी एकदिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा विजयी शुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा स्कटल्याण्डलाई एक विकेटले हराउँदै नेपालले विजयी शुरुवात गरेको हो ।
स्टल्याण्डले दिएको २९७ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा करण केसीले शानदार ब्याटिंग गरेका थिए । करणले अविजित ६५ रन बनाउदै नेपाललाई जित दिलाए । त्यस्तै कुशल भुर्तेलले ५३, गुलशन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७, आसिफ सेखले २० रन बनाएका थिए ।
स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलेनले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ तथा जसपर डेभिडसनले १ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २९६ रन बनाएको थियो । स्कटल्याण्डका लागि चार्ली टीरले सर्बाधिक ८० रन बनाए भने फिनाली म्याकरीथले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान रिची बेरिंगटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाएका थिए ।
नेपालीका रिजन ढकाल, करण केसी र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट लिए ।
यो जितपछि नेपालको लिग–२ मा १३ खेलमा ८ अंक भएको छ र नेपाल एक स्थान माथि उक्लिदै सातौं स्थानमा पुगेको छ । अब यस सिरिज अन्तर्गत नेपालले अर्को खेल भोलि नेदरल्याण्डससँग खेल्ने छ ।